एनएमबी बैंकको नाफा १ अर्ब १४ करोड

काठमाडौं । एनएमबी बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले १ अर्ब १४ करोड ५६ लाख ३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आवको तुलनामा १८.९४ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिमा बैंकले ९६ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १०.४२ प्रतिशतले घटेर १ अर्ब ९९ करोड ७९ लाख रुपैयाँमा सीमित भएको छ ।

गत वर्ष ४८ करोड १ लाख रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज असोज मसान्तसम्म आइपुग्दा ३ करोड ७० लाख रुपैयाँ रिभर्स भएको छ ।

बैंकको चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ र जगेडा कोषमा १० अर्ब ८६ करोड ३० लाख रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ३.९७ रुपैयाँले बढेर २४.९५ रुपैयाँ पुगेको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ १६४.९५ रुपैयाँ रहेको छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स