कुमारी बैंकको नाफा १ अर्ब ७ करोड, कस्ता छन् अन्य सूचक ?

काठमाडौं । कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले १ अर्ब ७ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको सोहि अवधिको तुलनामा ३०८.५० प्रतिशतले बढी हो । गत वर्षको सोहि अवधिमा बैंकले २६ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७.७५ प्रतिशतले घटेर २ अर्ब ८० करोड ६२ लाख कायम भएको छ । गत वर्षको सोहि अवधिमा बैंकको खुद ब्याज आम्दानी ३ अर्ब ४ करोड रूपैयाँ थियो ।

बैंकको इम्पेयरमेन्ट चार्ज २ अर्ब १८ करोडबाट घटेर ६३ करोड ६ लाख रुपैयाँ कायम भएको छ । बैंकको सञ्चालन नाफा २५४ प्रतिशतले बढेको छ भने वितरणयोग्य नाफा ऋणात्मक रहेको छ ।

चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १५ अर्ब ४५ करोड रुपैयाँ जम्मा रहेको छ ।

समिक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १६.४४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४६.२२ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स