सिद्धार्थ बैंकको नाफा ७४१.४१ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले ३८ करोड २० लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो गत आवको सोहि अवधिको तुलनामा ७४१.४१ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकले ४ करोड २८ लाख रुपेयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६ प्रतिशतले बढेर २ अर्ब ८ करोड रुपैयाँ गरेको छ ।

अघिल्लो आवको पहिलो त्रैमाससम्म २ अर्ब ४७ करोड रुपैयाँबराबरको खुद सञ्चालन आम्दानी गरेको बैंकले समीक्षा अवधिसम्म भने २ अर्ब ६९ करोड रुपैयाँ खुद सञ्चालन आम्दानी गरेको छ ।

बैंकले सम्भावित घाटाका लागि १ अर्ब ५० लाख रुपैयाँ इम्पेयरमेन्ट चार्जका लागि छुट्टाएको छ । यो अवधिसम्म बैंकको खराब कर्जा अनुपात ३.४४ प्रतिशतबाट बढेर ३.९१ प्रतिशत पुगेको छ ।

बैंकको रिटेन्ट अर्निङ ३६ करोड ६६ लाख रुपैयाँबाट घटेर २६ करोड ४३ लाख रुपैयाँमा सीमित बनेको छ । रिजर्भको आकार भने १३ अर्ब २१ करोड रुपैयाँबाट घटेर १४ अर्ब ६ करोड रुपैयाँ पुगेको छ ।

२ खर्ब ४३ अर्ब रुपैयाँबराबरको निक्षेप संकलन गरेको बैंकले समीक्षा अवधिसम्म २ खर्ब ८४ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ ।

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा २६ करोड ४३ लाख रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर आम्दानी १०.६४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २०१.७२ रुपैयाँ, पीई अनुपात ३५.४० गुणा र तरलता अनुपात २७.९१ प्रतिशत कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स