स्टान्डर्ड चार्टर्ड बैंकको नाफा ४.१७ प्रतिशतले बढ्यो

काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

चालु आवको असोज महिनासम्ममा बैंकको खुद नाफा ४.१७ प्रतिशतले बढेर ८६ करोड २२ लाख १ हजार रुपैयाँ पुगेको छ । गत आवको सोहि अवधिमा बैंकले ८२ करोड ७७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १५.७५ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ७९.८५ प्रतिशत बढेको छ।

बैंकको कुल सञ्चालन आम्दानी १.६१ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ३.५८ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको ५ करोड ७१ लाख रुपैयाँ इम्पेरमेन्ट चार्ज रिभर्स भएको छ।

बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब २३ करोड १३ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी ३६.५७ रुपैयाँ रहेको छ।

९ अर्ब ४२ करोड ९४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोष ७.७१ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको निक्षेप ०.९३ प्रतिशत र कर्जा तथा सापटी १ प्रतिशत बढेको छ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १.४६ रुपैयाँ बढेर ३६.५७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २२७.१३ रुपैयाँ र मूल्य आम्दानी अनुपात १९.३८ गुणा रहेको छ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स