नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा १ अर्ब ४६ करोड

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

चालु आवको असोज महिनासम्ममा बैंकले १ अर्ब ४६ करोड ४० लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आवको सोहि अवधिको तुलनामा ३.८२ प्रतिशतले कम हो । गत आवको सोहि अवधिमा बैंंकले १ अर्ब ५२ करोड २२ लाख ९९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.८३ प्रतिशतले घटेर ३ अर्ब ८७ करोड ६७ लाख ६५ हजार रुपैयाँमा सीमित भएको छ ।

बैंकको सञ्चालन नाफा पनि १९.६३ प्रतिशतले घटेर २ अर्ब ९ करोड ४१ लाख रुपैयाँमा सीमित भएको छ ।

त्यस्तै, बैंकको खराब कर्जा ०.१३ प्रतिशत विन्दुले बढेर १.९९ प्रतिशत कायम भएको छ ।

३४ अर्ब १२ करोड ८५ लाख ९८ हजार रुपैयाँ चुक्त पुँजी रहेको बैंकको प्रतिसेयर आम्दानी १७.१६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १८४.३३ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स