ग्लोबल आइएमई बैंकको नाफा १ अर्ब ५१ करोड, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

चालु आर्थिक वर्षको असोज महिनासम्मा बैंकले १ अर्ब ५१ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २३.३६ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

खुद ब्याज आम्दानी घटेपनि इम्पेरमेन्ट चार्ज घटेका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १४.२२ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी २१.१४ प्रतिशत बढेको छ। कम्पनीको इम्पेरमेन्ट चार्ज समीक्षा अवधिमा १ अर्ब ७८ करोडबाट घटेर १ अर्ब ७ करोडमा झरेसँगै सञ्चालन मुनाफा १९.४० प्रतिशत बढेको छ। जसका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो।

असोज मसान्तसम्ममा १ अर्ब ९१ करोड रुपैयाँ वितरणयोग्य मुनाफा रहेको यस बैंकको वितरणयोग्य प्रतिसेयर आम्दानी १४.१८ रुपैयाँ रहेको छ।

३६ अर्ब १२ करोड ८७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोष पछिल्लो ३ महिनामा ७.८४ प्रतिशत बढेको छ। त्यस्तै, सो अवधिमा बैंकको निक्षेप ५.२३ प्रतिशत र कर्जा तथा सापटी ७.५५ प्रतिशत बढेको छ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ३.३ रुपैयाँले बढेर १६.७४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १७४.२० रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १५.७१ गुणा रहेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स