नबिल बैंकको नाफा २ अर्ब ५ करोड, ईपीएस कति ?

काठमाडौं । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले २ अर्ब ५ करोड ६५ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९.९७ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ४६ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिमा बैंकले १० अर्ब ८१ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । बैंकको वितरणयोग्य नाफा करिब ५ अर्ब अर्थात् ४ अर्ब ९८ करोड १२ लाख रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा वितरणयोग्य नाफा ३ अर्ब ६० करोड ९८ लाख रुपैयाँ थियो ।

बैंकको सञ्चालन नाफा बढेर २ अर्ब ८९ करोड ३४ लाख रुपैयाँ कायम भएको छ ।

बैंकको कर्जा लगानी र निक्षेप संकलन बढेको छ । बैंकको कर्जा बढेर ३ खर्ब ८१ अर्ब २८ करोड ९० लाख र निक्षेप ४ खर्ब ७९ अर्ब ४५ करोड ५१ लाख रुपैयाँ पुगेको छ ।

बैंकको प्रतिसेयर आम्दानी २९.८३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ र खराब कर्जा ४.२४ प्रतिशत छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स