एभरेष्ट बैंकको नाफा १ अर्ब १२ करोड, कस्ता छन् अन्य सूचक ?

काठमाडौं । एभरेष्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाससम्म बैंकले १ अर्ब १२ करोड ७७ लाख खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा ४४.४४ प्रतिशतले बढी हो । गत वर्षको सोहि अवधिमा बैंंकले ७८ करोड ७ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १३.०९ प्रतिशतले बढेर २ अर्ब १३ करोड ९० लाख रूपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिमा बैंकले १ अर्ब ८९ करोड १५ लाख रूपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

कम्पनीको सञ्चालन नाफा पनि १ अर्ब ११ करोड ५३ लाख रूपैयाँ बाट बढेर १ अर्ब ६१ करोड १६ लाख रूपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा कुल सञ्चालन आम्दानी पनि २ अर्ब ३८ करोड रूपैयाँबाट बढेर २ अर्ब ६७ करोड रूपैयाँ पुगेको छ । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ६३ करोड रूपैयाँ रहेको छ ।

१२ अर्ब ९४ करोड ४६ लाख रूपैयाँ चुक्त पुँजी रहेको बैंकको रिटेन्ड अर्निङमा १ अर्ब ६३ करोड र रिजर्भमा १३ अर्ब ५३ करोड ५५ लाख रूपैयाँ रहेको छ ।

बैंकको खराब कर्जा ०.९० प्रतिशतबाट घटेर ०.७७ प्रतिशतमा सीमित भएको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ३४.८५ रूपैयाँ, प्रतिसेयर नेटवर्थ २१९.१ रूपैयाँ र पीई अनुपात १७.७९ गुणा कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स