लक्ष्मी सनराइज बैंकको खुद नाफा ५३ करोड ६३ लाख, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा बैंकको खुद नाफामा उछाल आएको छ ।

समिक्षा अवधिमा बैंकको खुद नाफा ५३ करोड ६३ लाख रुपैयाँ माथि पुगेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ४२०.५३ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकले १० करोड ३० लाख खुद नाफा आर्जन गरेको थियो ।

बैंकको सञ्चालन मुनाफा पनि गत वर्षको तुलनामा ४२५.२३ प्रतिशतले बढेर १४ करोड ४१ लाखबाट ७५ करोड ६९ लाख पुगेको छ ।

समिक्षा अवधिमा २३ अर्ब १८ करोड चुक्तापूँजी रहेको बैंकले वितरणयोग्य मुनाफा १ अर्ब ४९ करोड रुपैयाँ आर्जन गरेको छ ।

अघिल्लो वर्षको तुलनामा बैंकको खुद ब्याज आम्दानीमा ६.७५ प्रतिशतले गिरावट आएको छ । अघिल्लो वर्ष २ अर्ब ८६ करोड रहेको खूद ब्याज आम्दानी घटेर २ अर्ब ६७ करोडमा सीमित बनेको हो ।

अघिल्लो वर्षको पहिलो त्रैमासको तुलनामा रिजर्भको आकारमा ६ प्रतिशतभन्दा बढीको बढोत्तरी गरेको बैंकले समीक्षा अवधिसम्ममा ३ खर्ब ३४ अर्ब बढी निक्षेप संकलन गरी २ खर्ब ५८ करोड बढी कर्जा परिचालन गरेको छ ।

अघिल्लो वर्षको सोहि अवधिको तुलनामा निक्षेप संकलन १.६८ प्रतिशतले बढेको देखिएको छ भने लोनतर्फ पनि ३.११ प्रतिशतको बढोत्तरी देखिएको छ ।

अघिल्लो वर्ष ४.६९ प्रतिशत रहेको खराब कर्जाको अनुपात बढेर ५.४४ प्रतिशत पुगेको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ९.२५ रूपैयाँ, प्रतिसेयर नेटवर्थ १८०.९५ रुपैयाँ र पीई अनुपात २८.९२ गुणा कायम भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स