पहिलो त्रैमासमा धेरै बैंकले बढाए नाफा, कुनको कति ?

वाणिज्य बैंकको कुल नाफा १६ अर्ब २३ करोड

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा धेरै वाणिज्य बैंकले नाफामा वृद्धि गरेका छन् । बैंकको ऋण प्रवाह चलायमान हुन नसके पनि केन्द्रिय बैंकको खुकुलो नीतिका कारण नाफामा वृद्धि भएको हो । चालू आर्थिक वर्षको मौद्रिक नीतिलाई नेपाल राष्ट्र बैंकले केहि खुकुलो बनाउने प्रयास गरेको छ ।

त्यसको प्रभाव चालू आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरुको वित्तिय विवरणमा देखिएको हो । आज चौथो महिनाको पहिलो हप्ताको अन्तिम दिन हो । आज वाणिज्य बैंकले सार्वजनिक गरेको विवरण अनुसार केहि बैंकलाई छोडेर अधिकांश बैंकले नाफामा वृद्धि गरेको देखिएको हो । २० वटा वाणिज्य बैंकले कुल नाफा १६ अर्ब २३ करोड खुद नाफा कमाएका हुन् ।

सबैभन्दा बढी नाफा कमाउने नबिल बैंक

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा सबैभन्दा बढी नाफा नबिल बैंकले कमाएको छ। सो बैंकले पहिलो ३ महिनामा २ अर्ब ५ करोड रुपैयाँ खुद नाफा कमाएको हो। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९.९७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

सो अवधिसम्ममा ग्लोबल आइएमई बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्राइम कमर्सियल बैंक, एनएमबि बैंक, एभरेष्ट बैंक, कुमारी बैंक र प्रभु बैंकले १ अर्बभन्दा बढी नाफा कमाएका छन्।

गत आर्थिक वर्षको असोज मसान्तसम्ममा ८८ करोड ८० लाख रुपैयाँ नोक्सानीमा रहेको कृषि विकास बैंकले भने यस वर्षको सोही अवधिसम्ममा १९ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

असोज मसान्तसम्ममा सबैभन्दा कम नाफा भने एनआईसी एशिया बैंकको रहेको छ। बैंकले सो अवधिसम्ममा ११ करोड ५ लाख रुपैयाँ मात्र नाफा कमाएको छ। गत आर्थिक वर्षको सो अवधिसम्ममा बैंकले १ अर्ब १ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। समीक्षा अवधिमा बैंकको यस्तो नाफा ८९.०६ प्रतिशत घटेको हो।

               Bank    Profit 2081              Asoj     Profit 2080              Asoj Difference
Nabil Bank ltd. 2,056,590 1,469, 300          39.97
Global Ime Bank 1,512, 140 1,225,754 23.36
Nepal Investment Mega Bank ltd. 1,464,075 1,522,299 -3. 82
Prime  Bank ltd. 1,286,787 1,151,522 11.75
NMB  Bank ltd. 1,145,603 963,209 18.94
Everest Bank ltd. 1,127,704 780,579 44.47
Kumari Bank ltd. 1,078,177 263,935 308.50
Prabhu Bank ltd. 1,040,657 1,034,214 0.62
Standard Chartered Bank ltd. 862,201 827,700 4.17
Nepal SBI Bank ltd. 814,651 479,178 70.01
Himalayan Bank ltd. 726,432 1,056,183 -31.22
Nepal Bank ltd. 602,189 142,370 322.97
Laxmi Sunrise Bank 536,359 103,041 420.53
Machhapuchhre Bank ltd. 503,263 541,139 -7.00
Sanima Bank ltd. 399,530 482,909 -17.27
Siddhartha Bank ltd. 382,084 42,862 791.43
Citizen Bank international ltd. 240,699 275,250 -12.55
Agriculture Development Bank 190,923 (888,071)  
Rastriya Banijya Bank ltd. 151,302 859,804 -82.40
NIC Asia Bank ltd 110,526 1,010,383 -89.06
Total 16,231,892 13,345,560 21.65

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स