तीन विकास बैंक र चार फाइनान्स कम्पनी राष्ट्र बैंकको कारबाहीमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले तीन विकास बैंक र चार फाइनान्स कम्पनीलाई कारबाही गरेको छ। राष्ट्र बैंकले निर्देशन उल्लंघन गरेपछि ३ विकास बैंक र ३ फाइनान्स कम्पनीका संचालक र प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई सचेत गराएको छ भने १ फाइनान्सलाई जरिवाना तिराएको छ ।

निर्देशन उल्लंघन गरेर कारबाहीमा पर्नेमा मितेरी डेभलपमेन्ट बैंक, साल्पा विकास बैंक र सिन्धु विकास बैंक रहेका छन् भने फाइनान्स कम्पनीमा रिलायन्स, प्रोग्रेसिभ, जानकी र गोर्खाज रहेका छन्।

रिलायन्स फाइनान्सलाई अनिवार्य नगद मौज्दात कायम नगरेको भन्दै ११ हजार २२७ रुपैयाँ जरिवाना तिराएको छ ।

त्यस्तै प्रोग्रेसिभ, जानकीले वित्तिय विवरण बुझाउन ढिला गरेको र गार्खाज फाइनान्सले स्वार्थ बांझिने गरि ग्राहकसँग कारोबार गरेकाले कारबाहीमा परेको राष्ट्र बैंकले जनाएको छ। मितेरी डेभलपमेन्ट बैंकले राष्ट्र बैंकको निर्देशन विपरीत तोकिएको अधिकतम ब्याजदर अन्तर ४.६० प्रतिशत भन्दा बढी कायम गरेकाले सो बैंकको संचालक समिति र सीईओलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स