एनएमबी बैंकको १ लाख २३ हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्रीमा

काठमाडौं । एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकले संस्थापक सेयरधनीहरूको नाममा रहेको १ लाख २३ हजार ३२४ कित्ता सेयर बिक्रीमा राखिएको हो।

उक्त सेयर संस्थापक बाहेकका अन्य व्यक्ति वा संस्थाले मात्रै खरीद गर्न सक्नेछन् । इच्छुक लगानीकर्ताले आवश्यक पर्ने कागजात सहित ७ दिनभित्र काठमाडौंको बालुवाटारस्थित एनएमबी क्यापिटल लिमिटेडको कार्यालयमा निवेदन दिनु पर्नेछ ।

खरिदकर्ताले उल्लेखित सम्पूर्ण सेयर खरीद गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

सेयर खरीदको निवेदन प्राप्त भएपछि बिक्रेता संस्थापकसँग समन्वय गरेर आपसी सहमतिमा मात्र सेयर खरीद बिक्री प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ । यसअघि उक्त सेयर विद्यमान संस्थापक सेयरधनीहरूलाई मात्र बिक्री खुला गरिएको थियो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स