दुई महिनामा प्रोभिजन बापत कुन बैंकले कति रकम छुट्याए

काठमाडौं । दुई महिना अवधीमा वाणिज्य बैंकहरुले ४६ करोड रुपैयाँ प्रोभिजन बापत छुट्याएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउन महिनाको तुलनामा असोजमा रिक्स अफ प्रोभिजन रकम बढेको छ ।

नेपाल राष्ट्र बैंकले गरेको बैंकको लागि प्रावधान गरेको प्रोभिजन जोखिम नाफा र नोक्सानको मासिक जोखिम कर्जा रकम विवरण सार्बजनिक गरेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउन महिनामा कुल वाणिज्य बैंकहरुको २२ करोड २० लाख जोखिम प्रोभिजन रकम गरेको थियो भने भदौ महिनामा २३ करोड ८० लाख रहेको छ । यो साउन महिनाको तुलनामा भदौ महिनामा ७.२६ प्रतिशतले वृद्धि भएको छ ।

कुन बैंकको कति प्रोभिजन
चालू आर्थिक वर्षको दुई महिना अवधीमा नेपाल बैंक लिमिटेडले १६ करोड ४२ लाख रुपैयाँ नाफा नोक्सान कार्जा प्रोभिजन गरेको छ ।

स्टयाण्डर्ड चार्टड बैंकले १९ करोड ४६ लाख रकम प्रोभिजन गर्दा नेपाल एसबीआई बैंकले ११ लाख रकम प्रोभिजन गरेको राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको हो ।
त्यसै सिद्धार्थ बैंक लिमिटेडले ८ करोड रुपैयाँ प्रोभिजन गरेको छ भने कृषि विकास बैंक लिमिटेडले ७६ लाख रुपौयाँ नाफा नोक्सान प्रोभिजन गरेको देखिन्छ ।

ग्लोबल आईएमी बैंकको भने प्रोभिजन घाटामा रहि २३ करोड ९७ लाख रुपैयाँ देखिएको छ । प्राईम कमर्सियल बैंकले १ करोड ८१ लख खर्च गर्दा सानिमा बैंकले १ करोड २२ लाख जोखिम प्रोभिजन गरेको छ ।

त्यसैगरी राष्ट्र बैंकको अनुसार राष्ट्रिय वाणिज्य बैंक, नविल बैंक, नेपाल इनभेस्टमेन्ट बैंक, हिमालय बैंक लिमिटेड, एभरेष्ट बैंक लिमिटेड, एनआईसी एशिया बैंक, माछापुच्छ्रे बैंक लिमिटेड, कुमारी बैंक, लक्ष्मी बैंक, सिटिजन्स बैंक, एनएमबी बैंक र प्रभु बैंकको जोखिम प्रोभिजन रकम दुई महिना अवधीमा शुन्य रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स