काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले व्यक्तिगत मुद्दती खातामा अधिकतम १०.०५ प्रतिशत ब्याज दिने भएको छ । मंसिर महिनाका लागि बैंकले बुधबार सार्वजनिक गरेको निक्षेपको नयाँ ब्याजदर अनुसार ब्याजदर बढाएको हो ।
बैंकले कार्तिकमा व्यक्तिगत मुद्दतीमा ९.३६ प्रतिशत ब्याज प्रदान गर्दै आएको थियो ।
यसैगरी संस्थागत मुद्दतीको अधिकतम ब्याजदर ९.०५ प्रतिशत कायम छ ।
बचत खातामा बैंकले ५.०५ प्रतिशतदेखि ७.०५ प्रतिशत ब्याज दिने भएको छ ।