राष्ट्र बैंकको खारेजीमा पर्यो सेवा रेमिट

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेवा रेमिट प्रा.लि खारेज गरेको छ । आज शुक्रबार एक सूचना जारी गरि राष्ट्र बैंकले उक्त रेमिट खारेज भएको जानकारी गराएको हो ।

राष्ट्र बैंकले भनेको छ –‘यस बैंकबाट विप्रेषण कारोबार गर्न इजाजतपत्र प्राप्त कम्पनी, सेवा रेमिट प्रा. लि कुलेश्वर काठमाडौंको इजाजतपत्र नेपाल राष्ट्र बैंक विप्रेषण नियमावली, २०७९(प्रथम संशोधनसहित) को विनियम–१३ उप–विनियम(१०) खण्ड (ङ) बमोजिम खारेज हुने देखिएकाले विप्रेषण कारोबारको सिलसिलमा उक्त कम्पनीसँग कुनै व्यक्ति वा संघसंस्थाले लेनदेन नगर्नु ।

यदि कसैको लेनदेन बाँकी छ भने ३५ दिनभित्र राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागलाई जानकारी गर्न राष्ट्र बैंकले सुझाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स