काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्याकारी अधिकृत (सीईओ) मा लाल बहादुर थिङ नियुक्त भएका छन् ।
बैंकको असोज ३० गते बसेको सञ्चालक समितिको बैठकले थिङलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
बैठकले थिङलाई ४ वर्षे कार्यकालका लागि उक्त पदमा नियुक्त गरेको हो ।