दुई महिनामा ७३ अर्ब ३९ करोडले बढ्यो बैंकको कर्जा विस्तार

काठमाडौं । चालू आर्थिक वर्षको साउन र भदौ महिना अवधिमा बैंक तथा वित्तीय कर्जा विस्तार ७३ अर्ब ३९ करोडले बढेको छ ।

बैंकहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ७३ अर्ब ३९ करोड (१.४ प्रतिशत) ले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ३३ अर्ब ६० करोड (०.७ प्रतिशत) ले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८१ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ६.६ प्रतिशतले बढेको छ ।

२०८१ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाकोअंश ६४.० प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.० प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.० प्रतिशत र ३७.० प्रतिशत रहेको थियो।

दुई महिना अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह १.५ प्रतिशतले, विकास बैंकहरुका १.१ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ३.० प्रतिशतले बढेको छ ।

२०८१ भदौमसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये १३.२ प्रतिशत कर्जाको लागि चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) सुरक्षणको रुपमा रहेको छ भने ६६.२ प्रतिशत कर्जाको लागि घर जग्गा धितो सुरक्षण रहेको छ ।

२०८० भदौ मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः १२.१ प्रतिशत र ६७.२ प्रतिशत रहेको थियो।

आर्थिक वर्ष २०८१÷८२ को दुई महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ०.२ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ०.९ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा १.२ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १.२ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २.२ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा १.७ प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा १.१ प्रतिशतले बढेको छ ।

तर दुई महिना अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १.८ प्रतिशतले, मार्जिन प्रकृतिको कर्जा १०.७ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा १७.० प्रतिशतले, हायर पर्चेज कर्जा ०.८ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ०.२ प्रतिशतले र नगद प्रवाह कर्जा १.१ प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा ४.९ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स