यस्तो छ ग्लोबल आईएमई बैंकले कार्तिक महिनाको लागि सार्वजनिक गरेको ब्याजदर

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले चार महिनादेखि ब्याजदर स्थिर राखेको छ । कात्तिक १ गतेदेखि लागू हुने मुद्दती निक्षेपको ब्याजदरमा बैंकले पुरानै ब्याजदरलाई निरन्तरता दिएको हो ।

बैंकले कात्तिक महिनाका लागि मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.२५ प्रतिशत, संस्थागततर्फ ५.२५ प्रतिशत र रेमिट्यान्स खातातर्फ ७.२५ प्रतिशत ब्याजदर कायम राखेको छ ।

यस्तै बैंकले साधारण बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि ३.५० प्रतिशत र ग्लोबल रेमिट बचत खातामा ४.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स