यस्तो छ आज अमेरिकी डलरसहित विदेशी मुद्राको भाउ

काठमाडौं । आज सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ ।

अमेरिकी डलरको मूल्य हिजो र अस्ती कै भाउमा कारोबार भएको थियो, आज पनि अमेरिकी डलर सोही भाउ कारोबार हुने राष्ट्र बैंकले जनाएको छ।

तर, युरो, अस्ट्रेलियन डलर, पाउन्ड, दिनारसहित धेरै जसो विदेशी मुद्राहरुको विनियमदर भने बढेको छ ।

नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २० पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८० पैसा छ। हिजो र अस्ती पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो।

यूरो एकको खरिददर एकसय ४६ रुपैयाँ ७९ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ ४४ पैसा कायम भएको छ। हिजो यूरो एकको खरिददर एकसय ४६ रुपैयाँ ६६ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ ३२ पैसा थियो।

आज पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ३७ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ १५ पैसा निर्धारण भएको छ। हिजो पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७५ रुपैयाँ १८ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ९६ पैसा थियो।

आज अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ५९ र बिक्रीदर ९१ रुपैयाँ निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ३० र बिक्रीदर ९० रुपैयाँ ७० पैसा थियो।

कुबेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ७८ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ७४ पैसा कायम भएको छ। हिजो कुबेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ७० पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ६६ पैसा थियो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स