काठमाडौं । सबै स्थानीय तहतमा वाणिज्य बैंकको शाखा पुगेको छ । बझाङको साइपाल गाउँपालिका यो वर्ष बैंकको शाखा संचालनमा आएको हो । यस अघि नै ७ सय ५२ पालिकामा शाखा पुगिसकको थियो ।
एभरेष्ट बैंकले साइपाल गाउँपालिका यो वर्ष शाखा विस्तार गरेपछि नेपालभर बैंकको पहुँच पुगेको विश्वास मानिएको छ ।
वित्तिय संघीयता कार्यन्वयनमा आएपछि अर्थात् २०७४ मै सबै पालिकामा बैंकिङ पहुँच पुर्याउन निर्देशन भएको थियो ।
नेपाल राष्ट्र बैंकले कसले कहाँकहाँ बैंकको शाखा संचालन गर्ने समेत तोकिदिएको थियो । ढिलो गरि भने पनि शाखा विस्तार भएको छ । हालसम्मको स्थिति हेर्दा सबै भन्दा धेरै बैंकको पहँुच वागमती प्रदेशमा पुगेको देखिन्छ ।
सबै भन्दा कम कणाली प्रदेशमा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
बैंक तथा वित्तीय संस्थाहरुको संख्या १०७ रहेको छ यसमध्ये २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५२ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन्। बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०८१ असार मसान्तमा ११,५३० रहेकोमा २०८१ साउन मसान्तमा ११,५४१ भएको छ ।
कुन प्रदेशमा बैंकको कति शाखा :
कोशी प्रदेश ९८८
वाणिज्य बैंक ७५७
विकास बैंक १९५
फाइनान्स कम्पनी ३६
मधेश प्रदेश ७१६
वाणिज्य बैंक ५८१
विकास बैंक ८४
फाइनान्स कम्पनी ५१
बागमती प्रदेश २२८२
वाणिज्य बैंक १८३९
विकास बैंक ३३५
फाइनान्स कम्पनी १०८
गण्डकी प्रदेश ८३१
वाणिज्य बैंक ६०३
विकास बैंक १९१
फाइनान्स कम्पनी ३७
लुम्बिनी प्रदेश १०४५
वाणिज्य बैंक ७४१
विकास बैंक २५७
फाइनान्स कम्पनी ४७
कर्णाली प्रदेश २३७
वाणिज्य बैंक २१३
विकास बैंक १२
फाइनान्स कम्पनी ३
सुदूरपश्चिम प्रदेश ३८७
वाणिज्य बैंक ३२९
विकास बैंक ५२
फाइनान्स कम्पनी ६