कृषिजन्य क्षेत्रमा कृषि विकास बैंकको सबैभन्दा बढी लगानी, अन्य बैंकको कस्तो छ अवस्था ?

काठमाडौं । कृषिजन्य क्षेत्रमा लगानी कम हुँदै आएको बहसहरु भैरहेको छ । जसको कारणले पनि कृषिजन्य उत्पादनहरुको आयत बढिरहेको छ ।

बैंक तथा वित्तिय संस्थाले कृषिमा अनिवार्य लगानी गर्नुपर्ने व्यवस्था समेत गरिएको छ । राष्ट्र बैंकले निश्चित लगानी बैंकहरुलाई कृषिमा गर्नुपर्ने बाध्यकारी व्यवस्था गरिदिएको छ ।

तर, पनि नेपालमा कृषिमा लगानी कमजोर नै देखिएको छ ।

चालू आर्थिक वर्षको पहिलो महिनाको अवस्था हेर्दा गत वर्षको तुलनामा थोरै वृद्धि भएको देखिन्छ तर सन्तोषजनक भने छैन ।

साउनसम्ममा कु्न बैंकको कृषिमा कति लगानी ?
नेपाल बैंक : ७ अर्ब ५८ करोड
राष्ट्रिय वाणिज्य बैंक : १८ अर्ब ०९ करोड
नबिल बैंक : २१ अर्ब ०७ करोड
नेपाल इन्भेष्टमेन्ट मेगा : १६ अर्ब १० करोड
स्ट्याण्र्डड चार्टर्डड बैंक : ७ अर्ब ९६ करोड
हिमालयन बैंक : १४ अर्ब ५९ करोड
नेपाल एसबीआई बैंक : ८ अर्ब ७८ करोड
एभरेष्ट बैंक : १२ अर्ब ८१ करोड
एनआईसी एशिया बैंक : २४ अर्ब ६५ करोड
माछापुच्छ्रे बैंक : ५ अर्ब १ करोड
कुमारी बैंक : १४ अर्ब ९४ करोड
लक्ष्मी बैंक : १३ अर्ब ८१ करोड
सिद्धार्थ बैंक : १५ अर्ब ३५ करोड
कृषि विकास बैंक : ६१ अर्ब २६ करोड
ग्लोबल आईएमई बैंक : २३ अर्ब ५३ करोड
सिटिजन्स बैंक : १४ अर्ब ६४ करोड
प्राइम बैंक : १४ अर्ब ६४ करोड
एनएमबी बैंक : १२ अर्ब ६० करोड
प्रभु बैंक : ७ अर्ब ८९ करोड
सानिमा बैंक : ८ अर्ब ४१ करोड

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स