यस्तो छ अमेरिकी डलरसहित अन्य विदेशी मुद्राको भाउ

काठमाडौं । आज बिहीबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ ।

आज युरो, पाउन्डसहितका मुद्राको मूल्य बढेको छ भने अमेरिकी र अस्ट्रेलियन डलरको भाउ स्थिर रहेको छ। कुबेती र बहराइन दिनारसहित केही मुद्राको मूल्य भने घटेको छ ।

नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०५ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६५ पैसा छ ।

हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो।

आज यूरो एकको खरिददर एकसय ४६ रुपैयाँ १२ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ ६१ पैसा कायम भएको छ। हिजो यूरो एकको खरिददर एकसय ४७ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ ८७ पैसा थियो।

पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ४४ पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ २२ पैसा निर्धारण भएको छ। हिजो पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ ३० पैसा थियो।

आज अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २८ र बिक्रीदर ९० रुपैयाँ ६८ पैसा निर्धारण भएको छ। हिजो पनि अस्ट्रेलियन डलर यही मूल्यमा कारोबार भएको थियो। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ९९० रुपैयाँ २८ र बिक्रीदर ९० रुपैयाँ ६८ पैसा थियो।

कुबेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ३४ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ३० पैसा कायम भएको छ। हिजो कुबेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ३६ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ३१ पैसा थियो।

आज बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ५६ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ १५ पैसा कायम भएको छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ५५ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ १४ पैसा थियो।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स