नेपाल बैंक र नवडर्मा स्किन एण्ड लेजर एस्थेटिक्स बीच सम्झौता 

काठमाडौं ।  नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुलाई नयाँ बानेश्वर र कौशलटार भक्तपुरमा रहेको नवडर्मा स्किन एण्ड लेजर एस्थेटिक्समा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने  सम्वन्धी सम्झौता भएको छ ।
सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरुलाई र बैंकमा खाता रहेका ग्राहकहरुलाई क्लिनिक को विविध सेवाहरुमा लाग्ने शुल्कहरुमा बिल रकमको क्रमशः १५ प्रतिशत र १० प्रतिशत छुट हुने व्यवस्था गरिएको छ ।
सम्झौता पत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र नवडर्मा स्किन एण्ड लेजर एस्थेटिक्सको तर्फबाट प्रबन्ध निर्देशक डा. श्रेया पाँडेले हस्ताक्षर गरे ।
यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरु क्लिनिकबाट प्रदान गरिने पीआरपी, चारकोलको साथ हाइड्रा फेसियल र माइक्रोनेडलिङ पिलरकेमिकल पिल, मोलरवार्टरस्किन ट्याग हटाउने, पीआरपीसँग फेस माइक्रोनेडलिङ, हेयर माइक्रोनेडलिङ पीआरपी, हेयर पीआरपी/जीएफसी, पिको लेजर सँग सम्बन्धित स्वास्थ्य सेवाबाट लाभान्वित हुन सक्नेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स