काठमाडौं । आज बुधबार अमेरिकी डलरको भाउ घटेको छ ।
आज युरो र पाउन्डको मूल्य बढेको छ भने अमेरिकी र अस्ट्रेलियन डलर तथा कुबेती र बहराइन दिनारको मूल्य घटेको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राहरुको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०५ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६५ पैसा छ ।
हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०६ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६६ पैसा थियो ।
यूरो एकको खरिददर एकसय ४७ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ ८७ पैसा कायम भएको छ । हिजो यूरो एकको खरिददर एकसय ४७ रुपैयाँ ११ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ ७७ पैसा थियो।
आज पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ ३० पैसा निर्धारण भएको छ। हिजो पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ३३ पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ ११ पैसा थियो।
अस्ट्रेलियन डलर एकको खरिददर ९९० रुपैयाँ २८ र बिक्रीदर ९० रुपैयाँ ६८ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ र बिक्रीदर ९१ रुपैयाँ ४१ पैसा थियो।
आज कुबेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ३६ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ३१ पैसा कायम भएको छ। हिजो कुबेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ५७ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ५२ पैसा थियो।