राष्ट्र बैंकको लगामपछि निरन्तर घट्दो क्रममा सेयर धितो कर्जा

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर मौद्रिक नीतिमार्फत् सेयर धितो कर्जामा कडाइ गरेसँगै कर्जा प्रवाह घटेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थिति अनुसार सेयर धितो कर्जा घट्दो क्रममा देखिएको हो ।

असोज महिनासम्म बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब ३ अर्ब ९१ करोड ४३ लाख रुपैयाँ सेयर धितो कर्जा प्रभाव भएको छ । भदौ महिनाको तुलनामा सेयर धितो कर्जा ५८ करोड रुपैयाँले घटेको छ । भदौंमा सेयर धितो १ अर्ब ४ अर्ब ४९ करोड रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह भएको थियो ।

२०७८ साउन महिनासम्म सेयर धितो कर्जा १ खर्ब ८ अर्ब ५१ करोड रुपैयाँ प्रवाह भएको थियो ।

१ करोडभन्दा माथि ६७ अर्ब ९३ करोड १९ लाख रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह भएको छ ।

यस्तै, ५० लाखदेखि १ करोडसम्म १२ अर्ब ८६ करोड २३ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ ।

२५ लाखदेखि ५० लाखसम्म १४ अर्ब ६१ करोड ९४ लाख र २५ लाखभन्दा तल ८ अर्ब ५० करोड ८ लाख रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स