राष्ट्र बैंकले बढायो स्मारिका सिक्का तथा मेडालियनको बिक्री मूल्य, कुनको कति पुग्यो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले स्मारिका सिक्का तथा मेडालियनको बिक्री मूल्य बढाएको छ ।

मुद्रा व्यवस्थापन विभाग अन्तर्गतको टक्सार महाशाखाले सुनचाँदी तथा अन्य धातु खरीद, टकमरी र बिक्री सम्बन्धी कार्यविधि २०७५ को दफा १२ (घ) बमोजिम पुनरमूल्यांकन गरी नयाँ बिक्री मूल्य कायम गरिएको जनाएको हो ।

जसमा विभिन्न खालका मेडालियन तथा सिक्काको मूल्य न्यूनतम २०० देखि अधिकतम ७०० रुपैयाँसम्मले बढाइएको छ ।

पहिले १८०० रुपैयाँ पर्ने सबैभन्दा कम १० ग्रामको लक्ष्मी मेडालियन, गणेश मेडालियन तथा गजलक्ष्मी मेडालियनको मूल्य बढेर २००० रूपैयाँ कायम भएको छ ।

यसअघि राज्यारोहण १ ओजेड (३१.१०३ ग्राम) सिक्काको ७ हजार ३ सय रुपैयाँ रहेकोमा अहिले ६५० रुपैयाँले बढेर ७ हजार ९५० रुपैयाँ पुगेको छ ।

त्यस्तै, ७ हजार २ सय रुपैयाँ पर्ने ३१.१ ग्राम तौल रहेको श्री ५ ज्ञानेन्द्र राज्यारोहण छाप सिक्का ६५० रूपैयाँले बढेर ७ हजार ८ सय ५० रुपैयाँ कायम भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स