लघुवित्तको नाफा ६६७ प्रतिशतसम्म बढ्यो, कुनले कति कमाए ?

काठमाडौं । कोभिड–१९ महामारीकै बीच देशमा सञ्चालिन अधिकांश लघुवित्तहरूले उल्लेख्य नाफा कमाएका छन् । देशभर दूर–दराजमा रहेर आम नागरिकलाई सेवा दिइरहेका लघुवित्त वित्तीय संस्थाहरूले गएको आर्थिक वर्ष २०७७/७८ मनग्य नाफा गरेका हुन् ।

गएको आवमा वोमी लघुवित्त वित्तीय संस्थाले ७७ असारको तुनामा ६६६.८१ प्रतिशतले बढी नाफा कमाएका छ भने सिभिल लघुवित्त वित्तीय संस्थाले ४७४.५६ प्रतिशत बढी नाफा कमाएको छ ।

यो अवधिमा सबैभनदा बढी नाफा स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाले गरेको छ भने मेरो माइक्रोफाइन्सान्सले ४४ करोड ७२ लाख रुपैयाँ नाफा गरेको छ । गत आवको वित्तीय विवरण प्रकाशित गरेका लघुवित्त वित्तीय संस्थामध्ये बढी नाफा कमाउने लघुवित्तमा ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था रहेको छ । उक्त लघुवित्तले गएको आवमा २२ करोड ७६ लाख खुद नाफा कमाएको छ ।

गएको आवमा धौलागिरी लघुवित्त वित्तीय संस्थाले ३ करोड ५० लाख रुपैयाँमात्रै नाफा कमाएको छ । यद्यपि लघुवित्तले कमाएको नाफा अघिल्लो आर्थिक वर्षको भन्न्दा अत्यधिक बढी हो । उक्त लघुवित्तले अघिल्लो आवमा ८८ लाख रुपैयाँमात्रै नाफा कमाएको थियो ।

पछिल्लो समय लघुवित्त वित्तीय संस्थाहरूको नाफामात्रै बढेको छैन । धितोपत्र बजारको दोस्रो बजारमा पनि लघुवित्तले ठूलै महत्व राखेको छ । अधिकांश लगानीकर्ताहरू लघुवित्तको सेयरमा झुम्मिने गरेका छन् र यी संस्थाको सेयरको मूल्य बैंकहरूको भन्दा पनि महँगो मूल्यमा खरिद बिक्री हुने गरेको छ ।

लघुवित्त                    २०७८ असारमसम्म           २०७७ असारसम्म

स्वाबलम्बन                ६१ करोड ९४ लाख         ३५ करोड ६१ लाख
गणपति                   ४ करोड २१ लाख           २ करोड ३९ लाख
सूर्योदय                   १० करोड ५६ लाख           ४ करोड २४ लाख
लक्ष्मी                    १९ करोड ३१ लाख            ६ करोड ५२ लाख
सारथी                    १० करोड ५८ लाख           २ करोड ८८ लाख
वोमी                     १६ करोड ५ लाख             २ करोड ९ लाख
आरएसडीसी            ९ करोड १० लाख              ७ करोड ८८ लाख
ग्लोबल आईएमई        २२ करोड ७६ लाख           ५ करोड ९४ लाख
समिट                    ११ करोड ९८ लाख            ३ करोड ९७ लाख
मेरो माइक्रोफाइनान्स    ४४ करोड ७२ लाख           १८ करोड २१ लाख
सिभिल                    ६ करोड ५४ लाख            १ करोड १३ लाख
साधना                    ११ करोड ७० लाख            ३ करोड ९५ लाख
आशा                     १२ करोड ७१ लाख            ४ करोड ८८ लाख
महुली                    ९ करोड ८० लाख             २१ करोड ५४ लाख
धौलागिरी                ३ करोड ५० लाख                 ८८ लाख
समता                   १० करोड ८३ लाख            ५ करोड १३ लाख
मिर्मिरे                   २० करोड १ लाख             ३ करोड ४३ लाख
सबैको लघुवित्त         ११ करोड ४३ लाख            ३ करोड ४४ लाख
स्रोतः कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स