एभरेष्ट बैंकको ३० औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ३० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा आज असोज २० गते सम्पन्न भएको छ ।

सभाले लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ । सभाले सेयरधनीहरुलाई आ.व. २०८०/८१ का लागि १० प्रतिशत बोनस सेयर र ५.५३५ नगद लाभांश (बोनस सेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै यस सभाले बैंकको संचालक समितिमा सर्वसाधारण सेयरधनीहरुका तर्फबाट नबिन भक्त श्रेष्ठ र उर्मीला श्रेष्ठलाई आगामी ४ वर्षका लागि पुन निर्विरोध निर्वाचित गरेको छ । आ.व. २०८१/८२ को लागि एन. अमात्य एण्ड कम्पनीलाई लेखापरीक्षकमा पुन नियुक्त गर्ने प्रस्ताव समेत सभाले सर्वसम्मतबाट पारित गरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स