चालु खाता १ खर्ब ५१ अर्बले घाटामा

काठमाडौं । पहिलो ३ महिनामा चालु खाता १ खर्ब ५१ अर्ब ७० करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३३ अर्ब ३८ करोडले बचतमा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २७ करोड ९९ लाख रुपैयाँले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब २८ करोड रुपैयाँले घाटामा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ४५.९ प्रतिशतले कमी आई .१ अर्ब ९२ करोड रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ७३.५ प्रतिशतले वृद्धि भई ५ अर्ब ७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ३ अर्ब ५६ करोड रुपैयाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी २ अर्ब ९२ करोड रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति ७६ अर्ब १४ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब १ अर्ब ९ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८५ करोड १० लाख रुपैयाँले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ६४ करोड ३१ लाख रुपैयाँले घाटामा रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स