पहिलो ३ महिनामा मूल्य वृद्धि ४.२४ प्रतिशत

काठमाडौं । पहिलो ३ महिनामा मूल्य वृद्धि ४.२४ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थिति अनुसार मूल्य वृद्धि ४.२४ प्रतिशत देखिएको हो ।

अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.७९ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.६३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.७२ प्रतिशत रहेको छ ।

२०७७ असोजको तुलनामा २०७८ असोजमा घ्यू तथा तेल, माछा तथा मासु, दाल तथा गेडागुडी, सुर्तीजन्य वस्तु र गैर–मदिराजन्य पेय पदार्थ उपसमूहको मूल्यवृद्धि क्रमशः ३१.६८ प्रतिशत, ११.९३ प्रतिशत, १०.७१ प्रतिशत, १०.१२ प्रतिशत र ९.६३ प्रतिशत रहेको छ ।

समीक्षा महिनामा काठमाडौं उपत्यकामा ३.४८ प्रतिशत, तराईमा ४.०१ प्रतिशत, पहाडमा ५.६८ प्रतिशत र हिमालमा ३.१२ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७७ असोजमा यी क्षेत्रहरुमा क्रमशः ३.३५ प्रतिशत, ४.४६ प्रतिशत, ३.०३ प्रतिशत र ४.३९ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

थोक मुद्रास्फीति
२०७८ असोजमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ३.८३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो
मुद्रास्फीति ८.२६ प्रतिशत रहेको थियो । समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः २.११ प्रतिशत, ४.५५ प्रतिशत र ५.८६ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि १२.३२ प्रतिशत रहेको ।

तलब तथा ज्यालादर सूचकाङ्क
२०७८ असोजमा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क ४.९२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क ०.९२ प्रतिशतले बढेको थियो । समीक्षा महिनामा तलब सूचकाङ्क र ज्यालादर सूचकाङ्क क्रमशः ९.४४ प्रतिशत र ३.६३ प्रतिशतले बढेको छ ।

नेपाल र भारतको उपभोक्ता मुद्रास्फीति
२०७८ असोजमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति नेपालमा ४.२४ प्रतिशत र सन्२०२१ अक्टोबरमा भारतमा ४.४८ प्रतिशत रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स