अमेरिकी डलरसहित विदेशी मुद्राको भाउ बढ्यो केहिको घट्यो

काठमाडौं । आज शुक्रबार अमेरिकी डलरको भाउ बढेको छ । आज अस्ट्रेलियन डलर, पाउन्ड, युरोसहित धेरैजसो विदेशी मुद्राको मूल्य ओरालो लाग्दा अमेरिकी डलर, दिनारसहित केही मद्राको मूल्य भने बढेको छ ।

नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०६ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६६ पैसा छ ।

हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ४२ पैसा थियो ।

यूरो एकको खरिददर एकसय ४८ रुपैयाँ ०२ पैसा र बिक्रीदर एक सय ४८ रुपैयाँ ६८ पैसा कायम भएको छ । हिजो यूरो एकको खरिददर एकसय ४८ रुपैयाँ १६ पैसा र बिक्रीदर एक सय ४८ रुपैयाँ ८२ पैसा थियो।

आज पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ६६ पैसा र बिक्रीदर एक सय ७७६ रुपैयाँ ४४ पैसा निर्धारण भएको छ । हिजो पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७७ रुपैयाँ ७६ पैसा र बिक्रीदर एक सय ७८ रुपैयाँ ५६ पैसा थियो।

आज अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ४७ पैसा र बिक्रीदर ९२ रुपैयाँ १५ पैसा निर्धारण भएको छ । हिजो अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९२ रुपैयाँ ७७ पैसा थियो।

कुबेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ २० पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ १७ पैसा कायम भएको छ । हिजो कुबेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ७९ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ७६ पैसा थियो।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स