सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ शाखा दमक र नारायणपुरमा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले झापाको दमक नगरपालिका वडा नं. ६ र दांङ जिल्ला घोराही उपमहानगरपालिका वडा नं। १०, नारायणपुरमा शाखा संचालनमा ल्याएको छ । बैंकले सोमबार दुबै शाखाबाट बैकिंङ कारोवार शुरु गरेको हा् ।

दमक र नारायणपुर शाखा कार्यालय संचालनमा आए सँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैकिंङ सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । यो सँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या १०४ पुगेको छ ।

बैंकले हरेक सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना रहेको जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स