काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले बुक क्लोज मिति तय गरेको छ । बैंकले आगामी १८ औं वार्षिक साधारण सभा तथा गत आवका लागि प्रस्तावित लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको हो ।
बैंकले असोज २९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । तसर्थ, असोज २८ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै बैंकद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।
बैंकले सभा हुने मिति भने सूचनामा उल्लेख गरेको छैन ।