नेप्सेमा एक विकास बैंकको सेयर मूल्य समायोजन, भोलि कतिमा खुला कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक विकास बैंकको सेयर मूल्य समायोजन भएको छ ।

सोमबार, कामना सेवा विकास बैंकको बोनस सेयरमा मूल्य समायोजन भएको हो ।

जसमा बैंकको ७ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको आजको अन्तिम कारोबार मूल्य ४६२.६० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन भएको छ । समायोजन पश्चात कम्पनीको मूल्य ४३२.३४ रुपैयाँ कायम भएको छ ।

योसँगै, अब भोलि मंगलबार समायोजित मूल्यलाई आधार मानेर कम्पनीको कारोबार खुला हुनेछ ।

 

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स