सानिमा बैंकले पायो आईएसओ २७००१ः२०२२ प्रमाणपत्र

काठमाडौं । सानिमा बैंकले प्रतिष्ठित आईएसओ २७००१ः२०२२ प्रमाणपत्र प्राप्त गरेको छ।

बैंकले आन्तरिक तथा बाह्य ग्राहकलाई बैंकिङ क्षेत्रमा सुरक्षित र गुणस्तरीय आईटी सेवाहरू प्रदान गर्न बैंकको सूचना प्रविधि र सूचना प्रविधि सम्बन्धी सेवाहरूका लागि उक्त प्रमाणपत्र प्राप्त गरेको हो।

बैंकले ग्राहकको डाटा र आफ्नो प्रणालीको सुरक्षालाई सधैं प्राथमिकतामा राखेको छ र यो प्रमाणीकरण सूचना सुरक्षा र डाटा सुरक्षा सुनिश्चित गर्ने निरन्तर प्रयासमा बैंकले प्राप्त गरेको विद्यमान प्रमाणीकरणको स्तरवृद्धि हो।

यस प्रमाणीकरणले सानिमा बैंकले आफ्ना ग्राहकहरूको डाटालाई अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त मापदण्डहरू अनुसार निरन्तर रूपमा सुरक्षित गरेर बैंकप्रतिको विश्वासलाई सुदृढ बनाएको छ ।

आईएसओ २७००१ प्रमाणीकरण प्रक्रियाले बैंकको सूचना सुरक्षा व्यवस्थापन प्रणाली (आईएसएमएस) को कठोर मूल्यांकन समावेश गरेको छ। मूल्यांकन एएमटीआईभीओ समूह, एक स्वतन्त्र र यूकेएएस मान्यता प्राप्त प्रमाणीकरण निकायद्वारा गरिएको थियो।

साथै, बैंकले आफ्ना ग्राहकहरूको डाटा र सूचनाको सुरक्षा र गोपनीयतालाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

सानिमा बैंकले ७ वटै प्रदेशमा १३३ कार्यालय र १२४ एटिएम सञ्जालबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स