काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत ३ वटा योजनाहरुले आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गरेका छन् ।
कोष व्यवस्थापक सिटिजन्स क्यापिटल लिमिटेडको असोज १३ गते बसेको संचालक समितिको बैठकले उक्त आवको मुनाफा तथा सो अवधिसम्म रहेको संचित कोष समेतबाट योजनाको ईकाइधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
जसमा सिटिजन्स म्युचुअल फण्ड—१ बाट कर सहित ९ प्रतिशत नगद लाभांश, सिटिजन्स म्युचुअल फण्ड—२ बाट कर सहित ६.५ प्रतिशत नगद लाभांश र सिटिजन्स सुपर ३० म्युचुअल फण्डबाट कर सहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
साथै, उक्त लाभांश वितरण प्रयोजनका लागि असोज २३ गते एक (१) दिन सिटिजन्स म्युचुअल फण्ड—१, सिटिजन्स म्युचुअल फण्ड—२, सिटिजन्स सुपर ३० म्युचुअल फण्ड को ईकाइधनी दर्ता किताब बन्द रहने छ ।