प्रभु बैंकका ग्राहकलाई कलेज अफ मेडिकल साइन्समा विशेष छुट

काठमाडौं । भरतपुर महानगरपालिका–१० स्थित कलेज अफ मेडिकल साइन्स र प्रभु बैंकबीच विशष छुट सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर भएको छ । असोज १३ गतेका दिन प्रभु बैंकका तर्फबाट चितवन प्रदेश प्रमुख सांग्रीला श्रेष्ठ तथा कलेजका तर्फबाट अतिक्ति निर्देशक डा.मनोहर प्रधानले समझौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार कलेज अफ मेडिकल साइन्ससँग प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले सेवा तथा सुबिधा लिए बापत विशेष छुट पाउने भएका छन् । ग्राहक तथा कर्मचारीले कलेज अफ मेडिकल साइन्समा उपचार गर्दा औषधि,सिटिस्क्यान र एमआरआई बाहेक सम्पूर्ण सेवाका साथै एक्सरे र यूएसजिमा समेतमा २० प्रतिशत सम्म को छुट पाउने छन् ।

यो सुविधा तथा सेवा प्राप्त गर्नको निमित्त बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैंकका अन्य कुनै विद्युतिय प्रणालीद्वारा विल भुक्तानी गर्नुपर्ने छ । तर यो सुविधा प्राप्त गर्नको लागि प्रभु बैँक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई परिचय पत्र तथा परिवारको सदस्यको लागि नाता खुल्ने कागजात अनिवार्य पेश गर्नुपर्ने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स