आजबाट सुकिला नोट सटही गर्न पाइने

काठमाडौं । आजबाट सुकिला नोट सटही गर्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले आज असोज १३ गतेदेखि असोज २२ गतेसम्मको लागि सुकिला नोटको सटही गर्ने व्यवस्था मिलाएको हो ।

राष्ट्र बैंकले यस वर्ष नयाँ नोटको सट्टा सुकिला नोट वितरण गर्नेछ । बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौं उपत्यका बाहिरका सबै शाखा कार्यालयका सहटी केन्द्र तथा बैंक तथा वित्तीय संस्थाबाट सुकिला नोट साट्न सकिने व्यवस्था छ ।

राष्ट्र बैंक प्रदेश कार्यालय विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीबाट सुकिला नोट सटही गर्न सकिने जनाएको छ ।

राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरको एक सेट नोट साट्न सक्ने व्यवस्था गर्ने जनाएको छ। एक व्यक्तिले कुल १८ हजार ५ सय रुपैयाँको नोटमात्र साट्न पाइने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स