सिद्वार्थ बैंकको ‘दशैं २X रिवार्डस अफर’, कार्ड वा मोबाइल बैकिङ कारोबारमा २ गुणा बढी प्वाईन्ट पाइने

काठमाडौं । सिद्वार्थ बैंक लिमिटेडले नेपालीहरुको महान् चाड विजया दशमीको उपलक्ष्यमा आफ्ना ग्राहकहरूको लागि विशेष योजना ल्याएको छ ।

यस ‘दशैं २X रिवार्डस अफर’ अन्तर्गत, बैंकका ग्राहकहरुले यहि असोज ११ गतेदेखि ३० गतेसम्म गरिएको कार्ड वा मोबाइल बैकिङ कारोबारमा २ गुणा बढी प्वाईन्ट प्राप्त गर्न सक्नेछन् ।

बैंकले सञ्चालनमा ल्याएको सिद्धार्थ रिवार्डस कार्यक्रम अन्तर्गत ग्राहक महानुभावहरुले सिद्धार्थ बैंकको कार्ड प्रयोग गरी गरेको खरिद (पीओएस तथा ई–कमर्स) र मोबाइल बैकिङबाट गरेको टपअपको आधारमा रिवार्डसमा सामान्यतः प्राप्त हुने प्वाईन्टको दोब्बर प्वाइन्ट प्राप्त गर्न सकिने छ ।

यसरी आर्जन गरेको पोइन्टसलाई हवाइ टिकट, होटल, पसल, उपहार कार्ड, बिमा तथा इन्टरनेट बिल पेमेन्ट आदि जस्ता विभिन्न सेवाहरु लिन भुक्तानीका लागि नगदको सट्टा प्रयोग गर्न सकिने छ । सिद्धार्थ बैंकले यो अफर मार्फत ग्राहकहरूलाई डिजिटल कारोबारको लाभ मात्र नभई, उनीहरूको बैंकप्रतिको विश्वासलाई अझ बलियो बनाउन पनि प्रयास गरेको छ ।

यस योजनाले ग्राहकहरूको डिजिटल बैंकिङ कारोबारलाई प्रोत्साहन गर्नुका साथैबैंकले आफ्नोडिजिटल रूपान्तरणको यात्रालाई पनि थप गति दिने छ । यस योजना मार्फत ग्राहकहरूको विश्वासलाई अझै मजबुत बनाइ डिजिटल बैंकिङ कारोबारलाई उत्कृष्ट बनाउने बिश्वास लिएको छ ।

यस अफरको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने गा्रहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा निम्न माध्यमहरुमार्फत सम्पर्क गर्न सकिने छ ।
फोन : ०१–५९७००२०
ईमेलः customercare@sbl.com.np

बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केहि समय अघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स