नेप्सेमा एक विकास बैंकको करिब २ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक विकास बैंकको करिब २ लाख कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

बिहीबार ग्रीन डेभलपमेन्ट बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

जसमा बैंकको ३.८० प्रतिशतले हुन आउने कुल १ लाख ९७ हजार २२० कित्ता सेयर सूचीकृत भएको छ ।

उक्त सेयर सम्बन्धीत सेयरधनीको हितग्राही खातामा आएपछि खरिदबिक्री गर्न सकिने छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स