अब आर्थिक वर्ष २०८०/८१ लाई आधार वर्ष मानेर उपभोक्ता मूल्य सूचकांक प्रकाशित हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्ने तथ्यांकको अब नयाँ आधार वर्षको आधारमा गणना गरेर सार्वजनिक हुने भएको छ । राष्ट्र बैंकले ‘उपभोक्ता मूल्य सूचकांक’ सार्वजनिक गर्ने भएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी राष्ट्र बैंकल नयाँ आधार वर्ष बनाएर ‘उपभोक्ता मूल्य सूचकांक’ सार्वजनिक गरेको हो ।

राष्ट्र बैंकले उपभोक्ता मूल्य सूचकांकको लागि यसअघि २०७१÷७२ लाई आधार वर्ष मानेर गणना गर्दै आएको थियो । अब तथ्यांक सार्वजनिक गर्दा २०८०/८१ लाई नयाँ आधार वर्ष मानेर उपभोक्ता मूल्य सूचकांक सार्वजनिक गर्ने भएको हो । राष्ट्र बैंकले उपभोगको प्रवृत्ति, मूल्य संकलन केन्द्र विस्तार गरी ७७ जिल्लाको ८७ केन्द्रबाट वूतुको मूल्य संकलन गरी उक्त मूल्यको औसत मूल्यको भारका आधारमा उपभोक्ता मूल्य निकालिने भएको हो ।

बजारबाट कतिपय वस्तुहरू हराएका छन् भने कतिपय वस्तुहरू थपिएका छन् । राष्ट्र बैंकले दिएको जानकारी अनुसार नयाँ उपभोक्ता मूल्य सूचकांकमा १०६ वस्तु लोप भएका छन् भने १३५ वस्तु थपिएका छन् ।

पहिले प्रयोग नहुने वस्तु प्रयोग हुने र विगतमा प्रयोग हुने वस्तु अहिले प्रयोग नहुँदा हटाउनुपरेका कारण आधार वर्ष परिवर्तन भएको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताए । उनले परिवर्तन गर्न खाजेका कुराहरु अहिले नै पूर्ण नहुने भन्दै परिवर्तन निरन्तरको प्रक्रिया भएको बताए । उपभोक्ता मूल्य सूचकांकमा केही तल माथि भए आगामी दिनमा सुधार गर्दै लैजाने जानकारी दिए ।

यस्तै, उनले उपभोक्ता मूल्य सूचकांक मार्केट सेन्टरहरु बढेर गएका, ५० जिल्ला मात्रै समेटिएकोमा अहिले सबै जिल्ला समेटिएको भएको बताए । ४९६ वस्तुहरुको मूल्य संकलन गरिने भएपनि अहिले ५२५ पुर्याइएको बताए । ‘उपभोक्ता मूल्य सूचकांक’ उपभोगको प्रवृत्ति भएको परिवर्तन र समयाअनुकलका मूल्यहरुलाई पनि समावेश गराएर डाइनामिक बनाउन खोजिएको जानकारी दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स