कुमारी बैंकको १ लाख ९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १ लाख ९ हजार ८६५ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो ।

उक्त सेयर बैंकले विद्यमान संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखिएको हो ।

इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी आवेदन दिनु पर्नेछ ।

सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकले उल्लेख गरेको छ ।

निर्धारित समयभित्र सेयर खरिदका लागि आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स