नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १ लाख ९० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको ८ जना संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ९० हजार ६५९ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो ।

उक्त सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।

इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र बैंकको सेयर शाखा लाजिम्पाटमा के–कति दरमा खरिद गर्ने हो उल्लेख गरी आवेदन दिनुपर्नेछ।

तोकिएको समयभित्र खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स