गरिमा विकास बैंकको ४ लाख २५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । गरिमा विकास बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको विभिन्न संस्थापक सेयरधनीको स्वामित्वमा रहेको कुल ४ लाख २५ हजार १५६.६७ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो ।

उक्त सेयर खरिद गर्न चाहने जुनसुकै व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् । यसअघि गत साउन ४ गते ३५ दिने सूचना जारी गरि बैंकका विद्यमान संस्थापक सेयरधनीका लागि उक्त सेयर बिक्रीमा राखिएको थियो । तर विद्यमान संस्थापकहरबाट केही सेयर खरिदका लागि आवेदन प्राप्त भएकाले आम सर्वसाधारणका लागि बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।

ईच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र आवश्यक कागजातसहित काठमाडौंको लाजिम्पाटमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।

लगानीकर्ताले खरिद गर्न चाहेको सेयरको व्यहोरा खुलाउनु पर्नेछ ।

त्यस्तै, बैंकले अर्को सूचना जारी गर्दै १ लाख ८ हजार १३० कित्ता संस्थापक सेयर पनि बिक्रीमा राखेको छ । उक्त सेयर खरिदका लागि भने बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।

इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनु पर्नेछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स