ग्रीन डेभलपमेन्ट बैंकको सेयर संरचना परिवर्तन, संस्थापक र सर्वसाधारणको स्वामित्व कति ?

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकको सेयर संरचना परिवर्तन भएको छ ।

बैंकले सेयर संरचना परिवर्तनका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गरी नेप्सेसमक्ष परिवर्तित धितोपत्रको संरचना अभिलेख गर्न अनुरोध गर्दै नेप्सेमा पत्र लेखेको थियो । नेप्सेले असोज ६ गतेको निर्णयानुसार परिवर्तित धितोपत्रको संरचना अभिलेख गरेको हो ।

योसँगै, अब संस्थापक समूहको सेयर स्वामित्व ५१ प्रतिशत अर्थात् कुल कित्तामध्ये २६ लाख ४६ हजार ९ सय कित्ता र सर्वसाधारणको ४९ प्रतिशत अर्थात् २५ लाख ४३ हजार १ सय कित्ता कायम भएको छ ।

नेप्सेमा बैंकको संस्थापक र सर्वसाधारणको गरि कुल ५१ लाख ९० हजार कित्ता सूचीकृत रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स