यस्तो छ आज विदेशी मुद्राको भाउ

काठमाडौं । आज सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ ।

आज अमेरिकी डलरको मूल्य घटबढ् भएको छैन। युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहित केही विदेशी मुद्राको मूल्य भने बढेको छ । बहराइन दिनारसहित केही मुद्रा भने सस्तिएका छन्।

नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ४१ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ०१ पैसा छ। हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो।

यूरो एकको खरिददर एकसय ४८ रुपैयाँ ९२ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ५९ पैसा कायम भएको छ। हिजो यूरो एकको खरिददर एकसय ४८ रुपैयाँ ८७ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ५४ पैसा थियो।

आज पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७७ रुपैयाँ ७३ पैसा र बिक्रीदर एक सय ७८ रुपैयाँ ५३ पैसा निर्धारण भएको छ। हिजो पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७७ रुपैयाँ ३२ पैसा र बिक्रीदर एक सय ७८ रुपैयाँ १२ पैसा थियो।

अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ८१ पैसा र बिक्रीदर ९१ रुपैयाँ २१ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ७८ पैसा र बिक्रीदर ९१ रुपैयाँ १९ पैसा थियो।

कुबेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ २४ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ २० पैसा कायम भएको छ। हिजो कुबेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ २० पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ १७ पैसा थियो।

आज बहराइन दिनार एकको खरिददर तीन सय ५३ रुपैयाँ ८७ पैसा र बिक्रीदर तीन सय ५५ रुपैयाँ ४६ पैसा कायम भएको छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ५४ रुपैयाँ ०१ पैसा र बिक्रीदर तीन सय ५५ रुपैयाँ ६१ पैसा थियो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स