यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज आइतबार अमेरिकी डलरसहित अधिकांश विदेशी मुद्राको मूल्य यथावत रहेको छ ।

आज अमेरिकी डलर, साउदी र कतारी रियाल, कुबेती र बहराइन दिनार, युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहित सबैजसो विदेशी मुद्राको मूल्य घटबढ् भएको छैन । अर्थात् हिजो जुन मूल्यमा कारोबार भएको थियो, आज पनि सबै विदेशी मुद्राको कारोबार सोही मूल्यमा हुनेछ ।

नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ४१ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ०१ पैसा छ।

आज यूरो एकको खरिददर एकसय ४८ रुपैयाँ ८७ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ५४ पैसा कायम भएको छ।

आज पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७७ रुपैयाँ ३२ पैसा र बिक्रीदर एक सय ७८ रुपैयाँ १२ पैसा निर्धारण भएको छ।

आज अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ७८ पैसा र बिक्रीदर ९१ रुपैयाँ १९ पैसा निर्धारण भएको छ।

आज साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७१ पैसा कायम भएको छ।
कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७६ पैसा कायम भएको छ।

आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४९ पैसा कायम भएको छ।

कुबेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ २० पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ १७ पैसा कायम भएको छ।

आज बहराइन दिनार एकको खरिददर तीन सय ५४ रुपैयाँ ०१ पैसा र बिक्रीदर तीन सय ५५ रुपैयाँ ६१ पैसा कायम भएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स