नबिल बैंकको ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । नबिल बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकले आज असोज २ गतेदेखि ३ लाख कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्री खुला गरेको हो ।

उक्त सेयरमा बैंकको संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम ३०७ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । इच्छुकले बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंमा असोज १६ गतेसम्म आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स