विकास बैंकहरुको नाफा साढे ८५ करोड, साइन रेसुंगाको नाफा सबैभन्दा धेरै

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को साउन महिनामा विकास बैंकहरुले साढे ८५ करोडबढी खुद नाफा आर्जन गरेका छन् । हाल देशमा संचालित १७ वटा विकास बैंकहरुमध्ये ११ वटा बैंकहरुले कुल ८५ करोड ३७ लाख खुद नाफा आर्जन गरेका हुन् ।

त्यस्तै, ६ वटा बैंकहरु भने घाटामा छन् ।

नाफा कमाउने बैंकहरुको अग्रपंक्तिमा साइन रेसुंगा डेभलपमेन्ट बैंक रहेको छ । बैंकले साउन महिनामा २० करोड २० लाख नाफा आर्जन गरेको छ ।

दोस्रोमा मुक्तिनाथ विकास बैंक रहेको छ । बैंकले साउन महिनामा १६ करोड ९६ लाख नाफा कमाएको छ ।

त्यस्तै, महालक्ष्मी विकास बैंकले १० करोड ५६ लाख, गरिमा विकास बैंकले ९ करोड ४६ लाख, कामना विकास बैंकले ८ करोड ५८ लाख, ज्योति विकास बैंकले ८ करोड ३७ लाख, सांग्रिला डेभलपमेन्ट बैंकले ६ करोड ८१ लाख, लुम्बिनी विकास बैंकले ३ करोड ६३ लाख, सिन्धु विकास बैंकले ३१ लाख, सालपा विकास बैंकले २९ लाख र कर्पेरेट डेभलपमेन्ट बैंकले १६ लाख खुद नाफा आर्जन गरेका छन् ।

त्यसैगरि, ६ वटा विकास बैंक भने घाटामा रहेका छन् ।

सबैभन्दा धेरै घाटा बेहोर्नेमा एक्सेल डेभलपमेन्ट बैंक रहेको छ । बैंकले साउन महिनामा ६ करोड ३७ लाख रुपैयाँ घाटा बेहोरेको छ ।

ग्रिन डेभलपमेन्ट बैंकले ८६ लाख, सप्तकोशी डेभलपमेन्ट बैंकले ५४ लाख, नारायणी डेभलपमेन्ट बैंकले ५१ लाख, कर्णाली डेभलपमेन्ट बैंकले ४८ र मितेरी डेभलपमेन्ट बैंकले २२ लाख रुपैयाँ घाटा बेहोरेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स