प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक समूहतर्फको सेयर आजदेखि बिक्रीमा राखिएको हो ।

उक्त सेयरका खरिदका लागि बैंकका विद्यमान संस्थापक वा अन्य जो कोहि व्यक्ति,संघसंस्था वा कम्पनीले बोलपत्र आवेदन पेश गर्न सक्नेछन् । बैंकले गत साउन ४ गतेदेखि ३५ दिनका लागि संस्थापक सेयरधनीका लागि बिक्रीमा राखेको संस्थापक सेयरमा आवेदन नपरेकाले आम सर्वसाधारणका लागि खरिद आवेदन खुलाएको हो ।

लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र बैंकको कम्पनीको सचिवको कार्यालयमा आवेदन दिनुपर्नेछ ।

यस्तै बैंकले अर्को सूचना जारी गर्दै संस्थापक सेयरधनीहरुका लागि पनि संस्थापक सेयर बिक्रीमा राखेको छ । उक्त सेयर खरिदका लागि भने सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स